राजनीति
काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका– ३ हंशपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखाको अजिरकोट गाउँपालिका– ३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।
यस अघि भदौ १ गते रामेछापको हेलम्चो केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय स–साना रेक्टरस्केलको भूकम्प जाने क्रम जारी छ ।