मणिपालमा अस्पताल नजिकै डाक्टरको गाडीले ठक्कर दिँदा माझठानाका चार वर्षको बालकको मृत्यु भएको छ । विहान ८ :३० बजे आफ्नो बाबुआमासँग आएका चार वर्ष २ महिनाका शुसान कँडेललाई मणिपाल अस्पतालकै चिकित्सक विश्वदिपक तिमिल्सीनाको गाडीले ठक्कर दिएको हो ।
ठक्कर दिने वित्तिकै वालकलाइ अस्पताल पुर्याइएको थियो । लगत्तै चिकित्सकले वालकलाई मृत घोषणा गरेका थिए ।आफ्नो बाबा र ममीसँग मोटरसाइकलमा आएर मणिपाल अस्पताल छेउको चौतारा अगाडी झरेका वालकलाई गलत दिशाबाट आएको चिकित्सकको गाडीले ठक्कर दिएको हो ।
घटना लगत्तै चिकित्सक र उनको गाडीलाई प्रहरीले नियन्त्रणमा जिल्ला प्रहरीकार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।