मृतक बालकका आफन्तले डाक्टर विश्वदीपको चरम लापरबाही रहेको आरोप लगाएका छन् । डाक्टर एक हातले मोबाइलमा गफ गर्दै एक हातले स्टेयरिङ समातेर गाडी हुईंक्याएको आफन्तको जिकिर छ । उनीहरुले डाक्टरलाई हदैसम्म कारबाहीको माग गरेका छन् ।
हस्पिटलमा आफन्त र प्रहरीबीच तनाव
बालकका आफन्तले डाक्टर विश्वदीप तिमिल्सिनालाई अस्पतालमै झिकाएर घटनाबारे उनकै मुखबाट सुन्न चाहेको बताएका छन् । तर, डाक्टर तिमिल्सिना र ठक्कर दिने कारलाई भने प्रहरीले कास्की प्रहरी चौकी लगिसकेको छ ।
अहिले अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ । आफन्तले गैरजिम्मेवार चालकलाई कडा कारबाही नभएसम्म मृतक बालकको शव नबुझ्ने जनाएका छन् । प्रहरीले आफन्तलाई अस्पतालमा रोकेको छ । आफन्तहरु भने प्रहरीसँग रुष्ट बनेका छन् । अपराधी डाक्टरकै पक्षमा लागेर उनको मात्र सुरक्षा दिएको आफन्तहरुको प्रहरीमाथि आरोप छ । माहौल नियन्त्रणबाहिर जान नदिन कास्की प्रहरी अधिकारीहरु आफै अस्पतालमा खटिएका छन् ।
घटनाबारे थप विवरण प्रस्तुत गर्दै जानेछौं ।