logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अर्घाखाँची बस दुर्घटना १० जनाकाे मृत्यु यस्तो छ अवस्था


  • राजनीति
  • बुधबार, मंसिर ११ २०७६

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा दस जनाको घटनास्थलमै मृत्यु भएको छ।

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्। अहिलेसम्म १० जनाको घटनास्थलमा नै मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए।

घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए।घाइतेको उद्धार जारी रहेको छ।
बस झन्डै तीन सय मिटर तल खसेको प्रतक्ष्यदर्शिले बताए भने घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार