logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन


  • राजनीति
  • मंगलबार, पुष २९ २०७६

गजल गायकीका कारण चर्चित गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी गएराती निधन भएको छ । काठमाण्डौको दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भै गम्भीर घाइते भएर ट्रमा सेन्टरमा निधन भएको हो।

४० को दशकको अन्त्यतिर उदाएका गायक भट्टराइ स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

गायक भट्टराईको ‘कामनाले भरिएको…’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर…’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छिन् । उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती…’ हो । यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्राईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो ।
निशान ०४१ मा रेडियो नेपाल प्रवेश गरेका थिए । ०४१ देखि ०४४ को अन्त्यसम्ले उनले रेडियो नेपालमा गायकको रुपमा काम गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार