राजनीति
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय बिमान स्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कफीसपमा आगलागी भएको छ ।
विमानस्थलभित्र सोमबार साँझ बिजुली सट भएर आगलागी भएको अनुमान गरिएको छ । घटनाबारे थप विवरण आइसकेको छैन ।
विमानस्थलको अन्तर्रा्ष्ट्रिय टर्मिनलतर्फको प्रतिक्षालय कक्षमा आगालागी भएको विमानस्थल सुरक्षा कार्यालयका निमित्त प्रमुख एसएसपी राम त्रिपाल साहले जानकारी दिए ।
आगालागीका कारण विमानस्थलको उडान रोकिएको छ । आगो नियन्त्रणका लागि प्रहरीहरु जुटिरहेका छन् ।