logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, २९ जना घाइते


  • राजनीति
  • मंगलबार, भाद्र ५ २०८०

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीपूर्व नवलपुरको त्रिवेणीस्थित घ्युखोलामा यात्रु बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र ०१–००१ ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो। बसमा ३५ जना यात्रु सवार रहेका जनाइएको छ।

दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। घाइते सबैको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार