राजनीति
काठमाडौं । दाङमा यात्रु वाहब बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कृष्ण नगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस लमही–भालुवाङ सडक खण्डल अन्तर्गत सिनेखेला नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा दाङको राजापुर गाउँपालिका– ५ बस्ने ५७ वर्षीय निमोसरोज यादव रहेका र अर्का एक जना मृतकको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य १५ जना घाइते भएका र उनीहरुमध्ये ८ को अवस्था मध्यम र ७ जनाको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार हाल उद्धार कार्य जारी रहेको छ ।