राजनीति
काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।
सोमबार दिउँसो लुप्र ०२–००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
दुर्घटनामा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओली र ओली र मृतककै श्रीमती लिला ओलीको मृत्यु भएको हो । प्रहरीका अनुसार नरबहादुरको घटनास्थलमै र श्रीमती लिला ओलीको भने उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा मृतककै माईली आमा ५५ वर्षीया रूद्वा ओली र जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी लिलामणी भष्डारी गम्भीर घाईते भएको र उनीहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ ।