logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते


  • राजनीति
  • शनिबार, असार ७ २०८२

चितवन । चितवनमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभि गाडी ठोक्किँदा ७ जनाको मृत्यु भएको र १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मकवानपुर हटिया ३ बस्ने वर्ष ५५ का सोमप्रसाद रुपाखेती, मकवानपुर हेटौँडा ५ बस्ने वर्ष ५३ की मैयाकुमारी न्यौपाने पहाडी र नाम नखुलेको ३ जना महिला, २ पुरुष रहेका छन् ।

दुर्घटनामा परेका उनीहरुले उद्धार गरेर भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज लगेपनि मृत्यु भएको हो । अन्य घाइतेहरुमध्ये ४ जनाको एलाइभ अस्पताल, ४ जनाको पुरानो मेडिकल कलेज र अन्यको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार