राजनीति
काठमाडौं । तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
गोरखाबाट नारायणगढ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस तनहुँको ऐना पहरामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ । बस मर्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र यात्रुहरूको उद्धार कार्य जारी रहेको छ ।
बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन । घटनाको थप विवरण आउन भने बाँकी रहेको छ ।