राजनीति
काठमाडौं । तनहुँको ऐना पहरामा भएको यात्रुवबाहक बस दुर्घटनामा ५ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका पाँच जनालाई उद्धार गरेर उपचारका लागि आबुखैरेनी अस्पतालमा लगिएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका एक जनालाई आबुँखैरेनी अस्पतालमा उपचार पश्चात् थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ भने अन्यको सोही अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
गोरखाबाट नारायणगढ जाँदै गरेको ग २ ख १०७७ नम्बरको यात्रुबाहक आँबुखैरेनी गाउँपालिका– २ स्थित ऐना पहरामा दुर्घटनामा परेको थियो ।