logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भक्तपुरमा बस दुर्घटना


  • राजनीति
  • सोमबार, साउन २० २०८२

काठमाडौं । भक्तपुरको दुलाल गाउँमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

जिल्लाको चाँगुनारायण नगरपालिका दुलाल गाउँबाट नुवाकोटको दुप्चेश्वर मन्दिर जान तयारमा रहेको एक बस चाँगुनारायण–८, सुडालस्थित दुलाल गाउँ नजिकै आफैं गुडेर पल्टिएको छ।

बसमा करिब ३० जना सवार थिए । दुर्घटनामा परी ६ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको अहिले ख्वपः अस्पताल च्याम्हासिंहमा उपचार भइरहेको छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार