logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चिनियाँ दूतावासको गाडी मुलपानीमा पुलबाट खोल्सामा खस्यो


  • राजनीति
  • सोमबार, साउन २० २०८२

काठमाडौं । काठमाडौंको मूलपानी क्रिकेट ग्राउन्ड नजिकै चिनियाँ दूतावासको गाडी दुर्घटना भएको छ।

आइतबार बिहान १० बजे आसपास कागेश्वरी मनोहरा नगरपालिका(६ मुलपानीस्थित चिनियाँ दूतावासको ११ सिडी ६१९ नम्बरको गाडी पुलबाट खोल्सामा खसेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गाडी आफै अनियन्त्रित भएर सडकबाट खोल्सामा खसेको थियो। गाडीमा ३४ वर्षीया वर्षीया दुई चिनियाँ नागरिक सवार थिए। ट्राफिक प्रहरीका अनुसार उनीहरू आमा–छोरी हुन्।

दुर्घटनाबाट उनीहरू दुवै जना सामान्य घाइते भएका छन्।

दुर्घटनापछि त्यहाँ उपस्थित स्थानीय र प्रहरीले गाडीको चालक र उनकी आमालाई दुर्घटनाग्रस्त गाडीबाट बाहिर निकालेका थिए।

दूतावासकै कर्मचारी हो/होइनन् भन्ने चाहिँ नखुलेको कार्यालयले जनाएको छ। दुर्घटनाग्रस्त कार खोल्साबाट निकालिएपछि सम्बन्धित चालककै जिम्मा लगाइएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार