राजनीति
काठमाडौं । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
दुर्घटना बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा भएको हो।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहका अनुसार घटनास्थलमै ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद, र १६ वर्षीय शीतल साउद को मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ९ जनालाई स्थानीय र प्रहरीले उद्धार गरी लम्कीस्थित लाल रत्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
ट्याक्टरमा सवार सबै जना शवयात्रामा सहभागी हुन चिसापानीतर्फ जाँदै गरेको जनाइएको छ ।