logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भीमफेदी जिप दुर्घटना : मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुल्यो


  • राजनीति
  • सोमबार, पुष २१ २०८२

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा आइतबार साँझ भएको जिप दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये सोमबार बिहानसम्म ४ जनाको पहिचान खुलेको हो। तीमध्ये दुई जना नेपाली र दुई जना भारतीय नागरिक छन्।

डिएसपी बोगटीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडा बस्ने ४० वर्षीया सविता लम्साल, हेटौंडा-२ कान्ति राजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार राज्य पटना घर भएका ४२ वर्षीय रजनिस कुमार र बेगुसराईका अन्जाजी ५० वर्षीय अरबिन्द कुमारको पहिचान भएको छ।

बाँकी दुई पुरूषको भने पहिचान खुल्न बाँकी छ। उनीहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ।

आइतबार साँझ साढे ५ बजे जुरेखेतस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडक खण्डमा काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना भएको थियो।

जिपमा ९ जना सवार रहेकोमा अन्य ३ जना गम्भीर घाइते भएको र उनीहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार