logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो


  • राजनीति
  • मंगलबार, माघ २८ २०८२

काठमाडौं । रामेछापको सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । बस दुर्घटनामा चालकसहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका– ६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।

घाइतेको खुर्काेटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भैरहेको रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा रहेका बाँकी यात्रुको खोस तलास जारी रहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार