logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

बसबाट खसेर एक वृद्धको मृत्यु


  • राजनीति
  • आइतबार, फाल्गुन १० २०८२

काठमाडौं । काठमाडौंको पेप्सिकोला सडक खण्डमा बसबाट खसेर एक वृद्धको मृत्यु भएको छ।

जडीबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ४ ख ५७४७ नम्बरको बसबाट खसेर दोलखा चरिकोटकी रामकुमारी भुजेलको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा आइतबार बिहान अन्नपूर्ण अस्पतालमा निधन भएको हो।

चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार