राजनीति
काठमाडौं । रोल्पामा जिप दुर्घटना हूँदा १७ जनाको मृत्यु भएको छ ।
रोल्पाको थवाङ गाउँपालिका– १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । बैशाख पूर्णीमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरुलाई बोकेको लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापाले जानकारी दिए ।
उनका अनुसार जिप सडकबाट ८ सय मिटर तल खसेको हो । हाल उद्धार कार्य जारी रहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।