राजनीति
आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो । उम्मेदवारले अहिले विहान १० बजेदेखि दिउँसो चार बजेसम्मको समय तोकेको छ ।
उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुँदै छ । माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई उठाउने भएका छन् ।
एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लागिसकेको छैन ।