राजनीति
काठमाडौं । निर्वाचन आयोगमा ६४ दलले समानुपातिकको बन्दसूची बुझाएका छन् ।
मंगलबार बिहानसम्म नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपासहित ६४ दलले समानुपातिकको बन्दसूची बुझाएका हुन् ।
निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउनका लागि सोमबारसम्मको समय दिएको थियो ।
निर्धारित समयमा बन्दसूचीका लागि निस्सा बुझाएका दलले मंगलबारसम्म पनि बन्दसूची बुझाइरहेको आयोगले जनाएको छ ।
