logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

समानुपातिक तर्फको मतपत्र छपाइ सम्पन्न


  • राजनीति
  • सोमबार, माघ १३ २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतपत्र छपाई कार्य सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिक तर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए ।

केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु गर्ने उनले जानकारी दिए । केन्द्रले यस अघि १० लाख ९८ हजार २ सय नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार