logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कंगोमा आफ्नै कमान्डर बाट कुटिए नेपाली सेना


  • राजनीति
  • आइतबार, असोज ११ २०७७

संयुक्त राष्ट्र संघकाे शान्ति मिसनमा गएका सैनिकहरू अशान्त भइदिँदा बिरानो मुलुक कंगोमा सैनिक जवानहरू आफ्नै कमान्डरबाट निर्घात कु’टिएका छन् ।

कंगो मिसनमा खटिएका नेपाली सेनाका जवान सहसेनानीबाट निर्घात कु’टिएका हुन् । कु’टिएकामध्ये एक सेनाको शरीरमा गम्भीर नीलडाम छ ।

ज्वाला गणबाट कंगोको शान्ति मिसनमा गएका सैनिक जवान नवराज माझी ०७७ असोज ८ गते राति ३ सहसेनानीबाट निर्घा’त कु’टिएका हुन् । विदेशी भूमिमा आफ्नै सैनिक कु’टेर बहादुरी देखाउने ३ सहसेनानी हुन्– इन्द्र थापा, सुभास हुमागाई र योगेन्द्र धिताल । कु’टिएका माझीको शरीरमा गहिरो नीलडाम भए पनि कु’टिएका अन्य सैनिक जवानहरूमा भने त्यस्तो नदेखिएको स्रोतले जनाएको छ ।

सहायक रथी तथा सैनिक प्रवक्ता सन्तोषवल्लब पौड्यालले २०७७ असाेज ८ गते बिहीबार राति भएको घट’नाबारे जानकारी प्राप्त भएको साँघुसँग बताए । सैनिक जवानहरूले होहल्ला गरेर मर्यादा नाघ्दा वा’दविवाद भएको जानकारी भए पनि छानविनपछि मात्र यकिन हुने उनले जानकारी दिए । ‘घ’टनाबारे जानकारी आएको छ । मर्यादा नाघेर होहल्ला गर्दा वा’वविवाद भएको भन्ने छ । फोटो पनि सार्वजनिक भएको छ । छानबिनपछि मात्र त्यहाँ के भएको के हो भनेर यकिनसाथ भन्न सकिन्छ छ,’ कंगोमा सैनिक जवान कु’टिएको घट’नाबारे राखेको जिज्ञासामा प्रवक्ता पौड्यालले भने ।

सुरु भयो कोर्ट अफ इन्क्वायरी

घटनाबारे प्रधानसेनापति पूर्णचन्द्र थापालगायतलाई भोलिपल्ट नै जानकारी गराइएको थियो । यसबारे जानकारी पाएलगत्तै प्रधानसेनापति थापाले अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

सैनिक प्रवक्ता पौड्यालका अनुसार, घ’टनासँग सम्बन्धित व्यक्तिसँग कोर्ट अफ इन्क्वायरी थालिएको छ । कोर्ट अफ इन्क्वायरीले घ’टनाबारे छानबिन गरेर प्रतिवेदन दिएपछि सत्यतथ्य बाहिर आउने उनले बताए । ‘छानबिनले दो’षी देखाएका व्यक्तिलाई सैनिक ऐन अनुसार कार’बाही हुन्छ,’ प्रवक्ता पौडेलले भने ।-साँघुबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार