logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सिके राउत काे सूक्ष्म निगरानी गर्नुपर्ने २ प्रदेश सुरक्षा गाेष्टीकाे निश्कर्ष


  • राजनीति
  • आइतबार, बैशाख १५ २०७६

मुलधार मा आएको भनिएको सिके रावत समुहलाइ सुश्म निगरानी राख्नुपर्ने निश्कर्ष राख्दै प्रदेश नं २ काे सुरक्षा गाेष्टी सकिएकाे छ । तर सरकार स्वयंम भनिरहेको छ, कुनै समय स्वतन्त्र मधेसको नारा लगाउने सिके राउत समूह मुलधारको राजनीतिमा आइसक्यो । सशस्त्र समूहहरु पनि हराइसके ।

अब प्रदेश २ को सुरक्षा चुनौती के होला ? शनिबार जनकपुरमा सकिएको प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीमा यसको जवाफ खोजी भएको छ ।

सहभागी सुरक्षा अधिकारीहरुका अनुसार राउत समूहबाट पनि राम्रै छलफल भएको छ । २४ फागुनमा सरकारसँग सहमति गरेर मुलधारको राजधानीमा आएको भनिएको राउत समूहमाथि सुक्ष्म निगरानी कायमै राख्नुपर्नेमा सहभागीहरुले जोड दिएको स्रोतले बताएको छ ।

‘सिके राउत बिखण्डनको नारा छोडेर आएपनि उनकै संगठनका केहि व्यक्तिहरुले यो नारा नछाडेको भनेर गोष्ठीमा कुरा उठ्यो, एक अधिकारी भन्छन्, ‘गृहमन्त्रीज्यूले सिके राउत सहमतिमा आइसकेकाले त्यो नारा काम नलाग्ने भन्दै भ्रममा नपर्न आग्रह गर्नु भएको छ ।’

गृहमन्त्री रामबहादुर थापा बादलले राज्यको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताको सुरक्षा महत्वपूर्ण भएको भन्दै राज्य तथा संविधान विरोधी गतिविधि हुन नदिन निर्देशन दिए । साथै धार्मिक, क्षेत्रीय, वर्गीयलगायत कुनै पनि किसिमका द्वन्द्व हुन नपाउने गरी सुरक्षा व्यवस्था मिलाउन भनेका छन् ।

बैठकले राउत समूहबारे पर्ख र हेरको नीति लिँदै राउत समूहको गतिविधिमाथि निगरानी गरिरहनु पर्नेमा जोड दिएको स्रोतको दाबी छ ।

प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरीबहादुर पालले राउतको नाम लिएनन् तर, संविधानबिरोधी क्रियाकलाप हुन नदिनेबारे हामीले गम्भीर छलफल भएको जानकारी दिए ।

सुरक्षा गोष्ठीले प्रदेश २ मा सामाजिक अपराध प्रमुख चुनौती बन्दै गएको निष्कर्ष निकालेको छ । पछिल्लो समय फेरि दाहिजो नल्याएको निहुँमा महिलाहरुलाई जिउँदै जलाएका घटना सार्वजनिक भएको छ ।

यस्तै खुला सीमाका कारण हुन सक्ने अपराध तथा हतियार तस्करी लगायतका विषयमा पनि सुरक्षा बैठकमा गम्भीर छलफल भएको छ ।

प्रदेश २ प्रहरी प्रमुख पालका अनुसार बजेट अभावका विषय पनि उठेको छ । जिम्मेवारीअनुसार बजेट नआएको भन्दै उनले भने,‘प्रदेश प्रहरीमा अहिले बजेटको अभाव भएको बिषयमा पनि छलफल भएको छ ।’

प्रदेशमा १० हजार हाराहारीमा प्रहरीको दरबन्दी भएपनि झण्डै २ हजार रिक्त रहेकाले काममा समस्या भइरहेको आवाज गोष्ठीमा उठेको छ । सुरक्षाकर्मीलाई गस्तीमा जाने गाडी तथा बस्ने भवनको पनि उत्तिकै समस्या भएको सहभागीहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार