logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नरैनापुर घटना उग्र हुँदै प्रहरीकाे गाडीमा आगजनी


  • राजनीति
  • सोमबार, जेष्ठ ६ २०७६

नेपालगन्ज,बाँकेको नरैनापुरमा स्थानियले प्रहरीको गाडीमा ताेडफाेड गरेकाे बताइएकाे छ । स्थानियले प्रहरीको गाडीमा ताेडफाेड गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी  दिएका छन् ।

पाैडेलका अनुसार एकजना ब्यक्ति लागुऔषध सहित पक्राउ परेकेा र शाे ब्यक्तिलाइ छुटाउन केहि अपराधिक मानशिक्ताका ब्यक्ति ताेडफाेडमा उत्रिएकाे बताइएकाे छ ।

उनिहरू ताेडफाेड गरे लगत्तै फरार रहेकाे समेत बताएकाे छ । पाैडलका अनुसार खाेजि कार्य जारी रहेकाे समेत बताइएकाे छ । घटना लगत्तै नेपालगन्जबाट सयौंको संख्यामा प्रहरी गएकाेे र  थप विवरण आउन भने बाँकी रहेकाे  छ ।

प्रहरीले भारतको श्रीवस्ती घर भएका ४२ वर्षीय देवीदिन विश्वकर्मालाई पाँच केजी चरेस सहित पक्राउ गरेको थियो। विश्वकर्माले नरैनापुर नजिकैको मेलामा चरेस बेच्दै हिँड्ने गरेको सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई अहिले थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार