logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रहरीका ६ एसपीको सरुवा, को कहा ?


  • राजनीति
  • शनिबार, असार २१ २०७६

काठमाडौं । ३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा ओम अधिकारीको सरुवा भएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा श्यामकृष्ण अधिकारी र जिल्ला प्रहरी कार्यालय बाग्लुङमा नवराज भट्टको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै ईश्वर कार्की महानगरीय अपराध महाशाखा, कृष्णहरि शर्मा मानव अधिकारी छानबिन इकाई र भोला रावल ६ नम्बर प्रदेश सरुवा भएका हुन् ।

बुधबार गोरखाका प्रमुख रहेका एसपी रावल कार्यालय समयमै मदिराले मातिएकाे अवस्थामा फेला परेका थिए ।

उनी दिउँसै मान्छे नचिन्ने गरी मदराले मातिएर कार्यालयमा सुतिरहेको अवस्थामा फेला परेका हुन् ।

पछिल्लो समय त उनी प्रदेश प्रहरी कार्यालयको सम्पर्कमा समेत नभएपछि प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरे आफैंले फोन गर्दा पनि मदिराले मातिएको अवस्थामा फोनमा कुरा गरेको प्रहरीले जनाएको छ ।

घिमिरेले एसएसपी हरिराज वाग्लेको कमाण्डमा फिल्डमा अनुगमन पठाउँदा समेत एसपी रावल मदिराले मातिएकाे अवस्थामा भेटिएको र मेडिकल रिपोर्ट समेत सोही अनुसारको आएको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार