logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यस कारणले सर्वेन्द्र खनाल स्पष्टीकरणमा


  • राजनीति
  • शनिबार, भाद्र १४ २०७६

k|x/L dxflg/LIfs – vgfn k|x/L dxflg/LIfs ;j]{Gb| vgfn laxLaf/ k|x/L k|wfg sfof{non] cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf af]Ng'x'Fb} . tl:a/ M cRo't /]UdL, /f;;

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाइ भेट गरेको भन्दै सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसँग स्पष्टीकरण सोधेको छ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनैले नाम जोडेपछि पक्राउ परेका न्यूज २४ टेलिभिजनबाट प्रशारित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवी लामिछानेलाई आइजीपी खनालले भेटघाट गरेको भन्दै उनीसँग गृहमन्त्रालयले स्पष्टिकरण सोधेको हो ।

गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले खनालसँग मौखिक स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ । स्रोतका अनुसार खनाललाई ‘आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानमा रहेका व्यक्तिलाई हिरासतमा गएर किन भेटेको ? त्यसबारे किन गृह मन्त्रालयसँग पूर्वस्वीकृति नलिएको ? भन्दै गृहमन्त्री र गृहसचिवले प्रश्न गरेका हुन् ।

स्रोतका अनुसार यो विषयमा गृहमन्त्रालयको मात्र होइन, प्रधानमन्त्री कार्यालयले समेत चासो राखेको बुझिएको छ । प्रहरी प्रमुख आफै चितवन पुगेर रविलाई भेटेका हुन वा गृहको कुनै स्वीकृति वा छलफल योजनामा भेटेका हुन ? भन्ने प्रधानमन्त्री कार्यालयबाट सोधपुछ भएपछि गृहमन्त्री र गृहसचिवले खनाललाई बोलाएर सोधपुछ गरेका हुन् ।

प्र्रहरी प्रमुख खनाल त्यो दिन गृहमन्त्रालयलाई जानकारी नै नदिई संगठनको आन्तरिक कामका लागि भन्दै चितवन पुगेको बुझिएको छ । रवि लामिछानेले हिरासतमा असुरक्षित रहेको भन्ने खबर बाहिर आएपछि खनालले हिरासतमै रविलाई भेटेर सुरक्षाको चिन्ता नलिन आश्वासन समेत दिएका थिए ।

पछि चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख, उनका सहकर्मी युवराज कँडेललाई ३ लाख धरौटीमा र नर्स अस्मिता कार्कीलाई बिना धरौटी रिहा गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार