राजनीति
नेपाल प्रहरीको प्राविधिकतर्फका एक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) र चार प्रहरी उपरीक्षक (एसपी) को बढुवा सिफारिस भएको छ ।
गृह मन्त्रालायले एसएसपी डा. सुन्दर प्रसाद ह्योजुलाई प्रहरी नायब महानिरक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको हो ।
यस्तै एसपी डा. दामोदर पौडेल, डा. संजिता दाहार घिमिरे, डा. मनोज कुमार यादव र कुशल रानाभाट एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।