logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विश्वराज पाेखरेल भए एआईजी


  • राजनीति
  • बिहिबार, मंसिर २५ २०७७

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । विश्वराज उप–प्रधानमन्त्री ईश्वर पोखरेलका भाई नाता पर्छन् ।

संघिय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो । तर, सरकारले सो दिर्नेशन बेवास्था गर्दै पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

सरकारको सो निर्णयसँगै बैकल्पिक सुचिका पोखरेल भावी प्रहरी महानिरीक्षक हुने भएका छन् । उनि ०४९ चैतमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नायव उपरिक्षक हुँदा उनको व्याच (१०१ टोली)मा विश्वराज १८ औं बरियतामा थिए । प्रहरी उपरिक्षक बढुवा हुँदा पाँचौ बरियतामा रहेका पोखरेलले प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हुँदा फड्को हानेर एक नम्बरमा बढुवा भए ।

तत्कालिन डिआईजी शुसिल भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि पोखरेलले अर्को फड्को हाने । आफुभन्दा सिनियर एसएसपीलाई उछिन्दै उनि एकल नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार