logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बिधार्थी लुटने नेता,सांसद किन्ने मेडिकल माफिया बिरुद्ध अन्तिम सम्म लडने बिप्लव पुत्र प्रकाशकाे घाेषणा


  • राजनीति
  • मंगलबार, भाद्र ३१ २०७६

मेडिकल शिक्षा मा लुटपाट चलेकाे मेडिकल माफियाले बिधार्थी लुटदै राज्य ठगेकाे चर्काे शुल्क लिएको भन्दै आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलनलाई थप चर्काउने घोषणा गरेका छन् ।

भरतपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले चिकित्सा शिक्षा अध्ययनमा सरकारले तोकिएको भन्दा बढी शूल्क तत्काल फिर्ता वा समायोजन हुनुपर्ने माग दोहोर्‍याए । मागको सुनुवाइ नभएसम्म आन्दोलनलाई निरन्तरता दिने विद्यार्थीहरुको भनाइ छ ।
बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले तीन सातादेखि चितवन मेडिकल कलेजमा आन्दोलन गर्दै आइरहेका छन् । आन्दोलनका कारण कलेज प्रशासन बन्द छ । चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले विद्यार्थीहरुको उचित शुल्क र योग्यताका आधारमा भर्ना हुने अधिकार अझै स्थापित नभएको बताए । अहिले चलिरहेको आन्दोलनबाट त्यसलाई स्थापित गराएर छाड्ने चन्दले दाबी गरे ।

देशभरका निजी मेडिकल कलेजहरुले सरकारले तोकिएको भन्दा बढी शुल्क लिएको भए पनि आन्दोलन भने चितवन मेडिकल कलेजमा मात्रै हुँदै आएको छ । अहिलेको आन्दोलन कुनै एक मेडिकल कलेजका विरुद्धमा मात्रै नभएको नेता चन्दको भनाइ छ । बढी शुल्क लिने अन्य मेडिकल कलेजमा अध्ययरत विद्यार्थीहरुलाई न्यायपूर्ण आन्दोलनमा उत्रिन चन्दले विज्ञप्ती मार्फत अपिल समेत गरेका छन् ।

यो पनि पढ्नुहोस
सहपाठी पक्राउको विरोधमा सिएमसीका विद्यार्थीद्वारा प्रर्दशन
‘मेडिकल कलेजहरुले असुलेको अवैध अर्बौं रकमको हिसाव हामी खोज्छौं, त्यो विद्यार्थीलाई फिर्ता हुनुपर्दछ, आर्थिक अपराध गर्नेहरु कानूनी कठघरामा उभिनुपर्दछ,’ नेता चन्दले भने, ‘जबसम्म उनीहरुलाई कठघरामा उभ्याइँदैन तबसम्म आन्दोलन जारी रहन्छ, अभिभावकहरुले सहयोग गरिदिनुस्, हाम्रा कठिनाई बुझिदिनुस् ।’ उनले जायज र न्यायिक माग राखेर आन्दोलन गर्दा कलेज प्रशासन र प्रहरी प्रशासनले दमन मार्फत फुटाउने सपना देखको भन्दै यस्तो नदेख्न चेतावनी दिए ।

संसदीय उपसमितिले हालै तयार गरेको प्रतिवेदन मेडिकल माफियाहरुले लेख्न लगाएको आरोप चन्दले लगाए । उनले यस्ता सांसदलाई समाजमा मुख देखाएर हिडन पनि लाज लाग्ने अवस्थामा पु¥याइदिने चेतावनी दिए । जनताका छोराछोरीबाट अवैध रकम असुल्ने मेडिकल माफियाहरुको विरुद्धमा प्रधानमन्त्री, शिक्षामन्त्री, अर्थमन्त्री र विश्वविद्यालयका पदाधिकारीहरुले कुनै कदम उठाउन नसकेको भन्दै उनले रोष प्रकट गरे ।

यो पनि पढ्नुहोस
विप्लवका छोरा प्रकाश चन्द पक्राउ
मेडिकल कलेजहरुले गत शैक्षिक सत्रमा एमबिबिएस भर्नामा ६ लाखदेखि १२ लाखसम्म अतिरिक्त शुल्क उठाउँदै आएका छन् । सो रकम समायोजन गर्नुपर्ने माग विद्यार्थीको छ । तर, मेडिकल कलेज सञ्चालकहरुले चिकित्सा शिक्षा अध्ययन संस्था (आइओएम) र संसदीय उपसमितिको सिफारिसका आधारमा शुल्क उठाएको बताउँदै आएका छन् ।

परीक्षा शूल्क, इन्टर्नसिप, कम्युनिटी, त्रिवि रजिष्ट्रेशन अनेक अनेक शीर्षकमा शुल्क उठाएको विद्यार्थीहरुको गुनासो छ । सरकारले राजधानीभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र मोफसलमा ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ । यो शुल्क बाहेक पनि मेडिकल कलेजहरुले थप शुल्क लिने गरेको आन्दोलनरत विद्यार्थीहरुको भनाइ छ । यसै बिच आजै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस का प्रवक्ता ले बिधार्थीकाे मागहरु सम्बाेधन गर्न र बिधार्थीमाथिकाे धरपकरड बन्द गर्न अपिल गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार