logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

शिक्षकहरुको कुटाइबाट विद्यार्थी कलौनीको मुत्यु, छानबिन गर्न क्रान्तिकारीकाे माग


  • राजनीति
  • शनिबार, माघ ४ २०७६

विद्रोही नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले बुधबार विज्ञप्ति निकाली भीमदत्त नगरपालिका–१७ मा रहेको महाकाली बाल विद्यालय मझगाउँमा शिक्षकहरुको कुटपिटबाट घाइते भएका कक्षा ९ मा अध्ययनरत विद्यार्थी माधव कलौनीको उपचारको क्रममा भारतको राजमुर्ति अस्पतालमा गए राति मुत्यु भएको घटनाको सत्यतथ्य छानविन गरी दोसीउपर हदैसम्मको कारवाहीको माग गरेका छन् ।

विद्यालय बाहिर साथीभाइसँग झै–झगडा गरेको विषयलाई आधार बनाएर विद्यालयका प्रधानाध्यापक सहितका शिक्षकले कलौनीलाई कुटपिट गरेको उनको परिवारले जनाउदै आएका थिए । नौ कक्षामा अध्ययनरत कलौनीलाई गत शुक्रबार विद्यालयमै कुटपिट गरेको उनका बुवा बृहस्पति कलौनीले बताए ।‘प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले छोरालाई कुटपिट गरेर घाइते बनाए,’ उनले भने ।

कुटपिटबाट कलौनीको टाउको र छातीमा चोट लागेको छ भने दायाँखुट्टा भाँचिएको बुवा बृहस्पतिले बताए ।विज्ञप्तिमा अध्यक्ष नरेन्द्र भाटले भनेका छन्, ‘आम विद्यार्थीको प्रिय संगठन हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखि राष्ट्रियता, जनजिविका,जनतन्त्र लगायत शिक्षा क्षेत्रमा भएका हरेक अन्याय, अत्याचार,बिरुद्द लडिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार