logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सरकारकाे निर्देशन नमानी प्रबेश परीक्षा लिने संस्थालाई कार्वाही गर : अनेरास्ववियु


  • राजनीति
  • शुक्रबार, चैत्र ७ २०७६

सत्तारूढ दल नेकपा निकट अनेरास्ववियुले केही निजि स्कुलहरेले लिएकाे प्रबेश परीक्षा सरकारी निर्णय बिरुद्ध  भएको भन्दै सम्बन्धित स्कुललाई कार्वाही गर्न माग गरेकाे छ ।

संगठनका संयाेजक ऐन महर र सहसंयाेजक रन्जित तामाङ द्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘विश्वब्यापि महामारीको रुपमा आम विश्व समुदायलाई नै आक्रान्त पार्नेगरि कोराना भाइरस (कोभिड १९) सर्वत्र फैलिरहेको वर्तमान संकटपुर्ण घडीमा नेपाल सरकार र सम्पुर्ण नेपाली जनता अत्यन्तै सतर्कता, गम्भीरता र जिम्मेवारीवोधका साथ अघि वढिरहेको विदितै छ।’

यस्तै विज्ञप्तिमा अगाडि लेखिएको छ  ‘यसै सन्दर्भमा नेपाल सरकारले दिएको निर्देशन र लिएको नीतिको अवज्ञा गर्दै कतिपय निजी तथा संस्थागत विद्यालयहरुले प्रवेश परीक्षा र विद्यार्थी भर्ना जारी राखेको परिघटनाप्रति हाम्राे संगठन अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको छ । विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड र नेपाल सरकारले जारी गरेको निर्देशन लत्याउंदै आम विद्यार्थीको स्वास्थ्यलाई नै ठुलो जोखिममा पारेर गरिएका यसखालका गैरजिम्मेवारपुर्ण हर्कतप्रति हामी घोर निन्दा र आपत्ति प्रकट गर्दछौं । अनेरास्ववियू यस खालका गैरजिम्मेवार गतिविधि गर्ने सवै विद्यालयहरुलाई तत्काल कार्वाही गर्न नेपाल सरकार र अन्य सरोकारित नियमनकारी निकायहरुलाई जोडदार माग गर्दछ।

बिश्वभर महामारीको रुपमा फैलिएको काेराेना भाइरसकाे समवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले सबै स्कुल विद्यालय तथा विश्वविद्यालयहरु बन्द गर्न दिएकाे निर्देशकाे बेवास्ता गर्दै राजधानी स्थित राताे बङ्गला र जेम्स स्कुलले प्रबेश परीक  लिएका खबरहरु आएका थिए ।

 

हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार