logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सिमा रक्षाका लागि विद्यार्थी संगठनकाे संयुक्त अपिल


  • राजनीति
  • सोमबार, बैशाख २९ २०७७

विभिन्न राजनीति पार्टी निकट युवा तथा विद्यार्थी संगठन कैलाली ले भारतीय हस्तक्षेप बिरुद्ध एकजुट हुन सबै नेपाली जनतालाई अपिल गरेका छन् ।

 

आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्  हालसालै भारतिय साम्राज्यवादले नेपालको भुमि प्रयोग गरि चिन संग जोड्ने ब्यापारिक मार्ग को उद्घाटन गरिएको छ । साम्राज्यवादि हस्तक्षेप को यस कदम प्रती घोर निन्दा एवं भत्सर्ना गर्दछौं’ ।

यस्तै विज्ञप्तीमा  साम्राज्यवादि भारतका रक्षामन्त्री राजनाथ सिहले नेपाली भुभाग गुन्जी र लिपुलेख हुँदै धार्चुला र मानसरोवर जोड्ने ब्यापारिक मार्ग उद्घाटन गरि सक्दा समेत नालायक , राष्ट्रघाती ओलिसरकारको उदासिनता र लाचारिपन प्रति संयुक्त विद्यार्थी संगठन खेद प्रकट गर्दै सो कार्य तत्काल रोक्नका लागि भारतीय सरकार संग कुटनैतिक पहल गर्नका लागि नेपाल सरकार संग संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछौ । भनिएको छ।

यस्तै विद्यार्थीले दु नेपालको भौगोलिक अखण्डता र स्वाधीनता माथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रबैयाका विरुद्ध एकजुट भएर राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सरिक हुन सम्पुर्ण विद्यार्थी , बुद्धिजीवी , प्राध्यापक , कृषक, श्रमिक, सुरक्षाकर्मी , पत्रकार ,नागरिक समाज , लगायत सम्पुर्ण राष्ट्रभक्त , न्यायप्रेमी जनसमुदायमा संयुक्त विद्यार्थी संगठन हार्दिक अपिल गरेेेका छन ।

हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार