logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सामन्य ज्ञान : लोकसेवाको लागी अति उपयोगी


  • दुर्गा न्यौपाने
  • मंगलबार, असार १० २०७६

१. विश्व शान्ति सूचकांक, २०१९ अनुसार सबैभन्दा शान्त मुलुक कुन हो ?
आइसल्यान्ड

२. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?
२१ जुन (संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि २१ जुनमा यो दिवस मनाउन सुरु गरेको हो)

३. भारतमा लोकसभा सदस्यमध्ये कसले पहिलोपटक नेपाली भाषामा शपथग्रहण गरेका छन् ?
इन्द्रहाङ सुब्बा (सिक्किमका लोकसभा सदस्य)

४. इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको निधन कहिले भयो ?
१७ जुन २०१९ मा

५. फिफाले १४ जुन २०१९ मा सार्वजनिक गरेको पछिल्लो फुटबल वरीयतामा नेपाल कति स्थानमा रहेको छ ?
१६५औँ (पहिलो, दोस्रो, तेस्रो स्थानमा क्रमशः बेल्जियम, फ्रान्स र ब्राजिल)

६. सातै प्रदेशले पेस गरेको बजेटमध्ये सबैभन्दा ठूलो आकारको बजेट कुन प्रदेशको रहेको छ ?
प्रदेश ३ (रू. ४७ अर्ब ६० करोड)

७. नेपाल र ग्ब्भ् बीच परिमार्जित श्रम सम्झौतामा हस्ताक्षर कहिले भयो ?
१४ जुन २०१९

८. नेपालको संविधान ०७२ अनुसार प्रतिनिधिसभामा कति सदस्य हुन्छन् ?
२७५ जना (प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ ११० जना)

९. राष्ट्रिय जनगणना ०६८ अनुसार काम गर्न सक्ने सक्रिय जनसंख्या कति प्रतिशत रहेको छ ?
५७ प्रतिशत

१०. ६१औँ ग्रामी पुरस्कार विजेताहरूको सूची तयार गर्नुहोस्
एल्बम अफ दी इयर – गोल्डेन आवर, कातसी मुसग्रेब्स
सङ अफ दी इयर – दिस इज अमेरिका, चाइल्डिस ग्याम्बिनो
रेकर्ड अफ दी इयर – दिस इज अमेरिका, चाइल्डिस ग्याम्बिना
सर्वश्रेष्ठ नयाँ कलाकार – दुअ लिपा
अमेरिकाको लस एन्जलसको स्टेपल्स सेन्टरको समारोहबाट घोषणा

११. प्रमा प्रथा (आत्मनिर्भर बनाउने) चलन कुन जातिमा छ ?
कुमाल

१२. नेपालको सिमाना रामेश्वरमसम्म पु¥याउने राजा को हुन् ?
भाष्कर बर्मा

१३. एक सेन्टिमिटर वर्षाबाट कति सेन्टिमिटर हिउँ बन्छ ?
१२ सेन्टिमिटर

१४. गरुडबाहिनी पोखरी कुन जिल्लामा पर्दछ ?
कालिकोट

१५. क्षेत्रफलको आधारमा सबैभन्दा सानो गाउँपालिका कुन हो ?
परवानीपुर गाउँपालिका, बारा (१५.४८ वर्ग किलोमिटर)

१६. एसियाली उत्पादकत्व संघको स्थापना कहिले भएको हो ?
११ मे १९६१ मा

१७. न्याउल्या खेल गौरा पर्वसँग सम्बन्धित छ यो कहाँ माइन्छ ?
सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा मनाइन्छ

१८. अलग बाटो कृतिका लेखक को हुन् ?
नेपालका प्रख्यात युवा वैज्ञानिक तथा कृषि उद्यमी केशवबहादुर कार्की

१९. क्षतिपूर्तिसहितको नागरिक वडापत्र कहिलेबाट सुरुवात भएको हो ?
२ वैशाख ०७०

२०. ‘मैले नेपालको हिमाल देखेको छु र सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु’ यो भनाइ कस्को हो ?
माओत्से तुङ

२१. दीपशिखा सामुदायिक पुस्तकालय कहाँ छ ?
पोखरा लेखनाथ महानगरपालिका, कास्की

२२. आर्थिक सर्वेक्षण ०७५÷७६ अनुसार नेपालको सहरी जनसंख्या कति पुगेको छ ?
५९.९ प्रतिशत

२३. ‘क्लिन फिड’ भन्नाले केलाई बुझाउँछ ?
विज्ञापन रहित प्रसारण हुने टेलिभिजन च्यानल

२४. नेपालमा एक गाउँ एक उत्पादन कार्यक्रम कहिलेदेखि सुरु भएको हो ?
०६३ सालबाट (यो कार्यक्रम आर्थिक वर्ष ०६९/७० देखि लागू भएको थियो)

२५. नेपाल श्रमशक्ति सर्वेक्षण ०७४ अनुसार नेपालमा बेरोजगारी दर कति रहेको छ ?
११.४ प्रतिशत

नयाँ पत्रीका बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार