logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लोकसेवा विरुद्ध फेरी आन्दोलनको घोषणा


  • राजनीति
  • आइतबार, साउन १९ २०७६

लोकसेवा आयोगले स्थानीय तहका लागि जारी गरेको विज्ञापनको विरुद्धमा आदिवासी जनजाति, मधेशी तथा पिछडिएका समुदायले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

आरक्षण बचाउ आन्दोलन नाम दिएर भइरहेको चरणबद्ध आन्दोलन अन्तर्गत ३२ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरित प्रकाशित भएको लोक सेवा आयोगको असमावेशी विज्ञापनको विरुद्ध आन्दोलन भइरहेको बताइएको छ । यो विज्ञापनलाई स्थगित नगरेसम्म आन्दोलन जारी रहने बताउँदै राज्य सरकार, लोकसेवा आयोग र अदालतको समेत विभेदकारी यस निर्णय र व्यवहारको विरुद्ध तथा समानुपातिक समावेशी सिद्धान्त र राज्यका अंगहरूमा प्रतिनिधित्व सुनिश्चितताका लागि आन्दोलनको थप कार्यक्रमको घोषणा गर्नुपर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

पत्रकारसँग भेटघाट गर्नुको साथै, अन्तरक्रिया कार्यक्रम, मुखमा कालोपाटी बाँध्ने, उल्टो हिँड्ने जुलुस, साँस्कृतिक प्रदर्शन, सिहदरवार, मुख्यमन्त्री कार्यालय तथा लोकसेवा आयोग, प्रधानमन्त्री तथा मुख्यमन्त्रीको निवास घेराउ, लाठी जुलुससहित मार्च पास लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघको कार्यवाहक अध्यक्ष नवीन रोका, दलित गैसस महासंघका अध्यक्ष भक्त विश्वकर्मा, तराई मधेश राष्ट्रिय परिषद्को अध्यक्ष सरोज राय, मुस्लिमको तर्फबाट सभासद् कौसर शाह, महिलाको तर्फबाट चिनीमाया माझी, राष्ट्रिय अपाङ महासंघ, नेपालको उपाध्यक्ष रमेश लामा, पिछडिएको तर्फबाट ललित बुढागरले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार