logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अब प्रदेशबाटै कर्मचारी भर्ना गरिने : लोकसेवा


  • राजनीति
  • बुधबार, भाद्र २४ २०७७

मुलुक प्रादेशिक संरचनामा पुगेपछि पहिलो पटक प्रदेशबाटै स्थायी कर्मचारी नियुक्ती थालिएको छ। ५ नम्बर प्रदेशको लोकसेवा आयोगले कर्मचारी छनोट प्रक्रिया थालेको हो ।

प्रदेश लोकसेवा आयोगका सदस्य बाबुराम गौतमका अनुसार खुला प्रतिस्पर्धाबाट कर्मचारी छनोटका लागि आयोग तयारी अबस्थामा रहेको र सबै कानुनी प्रक्रिया पुरा गरिसकेकाले अब छिट्टै खुला प्रतिस्पर्धाका लागि सूचना प्रकाशित हुने सुनाए ।
गौतमका अनुसार प्रदेशबाट हुने आवेदनमा देशैभरका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन ।

यस सहजताका लागि अनलाइनबाट दरखास्त लिने तयारी भइरहेको छ। प्रदेश लोकसेवाले लोकसेवाले पहिलो पदपूर्तिमा १२५ जना प्राविधिक पदमा खुला आवेदन गर्ने तयारी थालेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार