logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

श्रीमान सिडियो, श्रीमती सहायक सिडियो


  • राजनीति
  • बुधबार, फाल्गुन १९ २०७७

निजामति सेवामा अनेक दम्पत्ती रहेका छन्। तर कमैले मात्र समान जिम्मेवारी पाउँछन्। नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत एक उपसचिव जोडी भने प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक सिडिओको जिम्मेवारी पाएका छन्।

यी भाग्यमानी निजामती कर्मचारीका जोडी हुन्– सिद्धराज जोशी र किरण जोशी। सिद्धराज दार्चुला जिल्लाका सिडिओ हुन् भने किरण डोटीकी सहायक सिडिओ।

कैलालीको गोदावारी–६ निवासी यी दुवैको बिहे भने ०५४ सालमा भएको थियो। किरणले १४ माघ ०७७ मा खुला स्पर्धामा उपसचिवमा नाम निकालेकी थिइन्। त्यसअघि उनी निजामति सेवाको खरिदार पदमा थिइन्। १६ बर्षसम्म उनले खरिदार र सुब्बा पदमा काम गरेकी किरणको निजामति सेवा भने १ साउन ०६१ मा थालेकी थिइन्।

किरणलाई गृह मन्त्रालयको गत २८ माघको निर्णय अनुसार डोटी जिल्लाको पदस्थापना गरेपछि उनी सूदुरपश्चिम जिल्लाकै सहायक सिडिओ बन्ने पहिलो महिला हुन्।

यसअघि किरण रोल्पामा निर्वाचन अधिकारीको रुपमा कार्यरत थिईन् । किरणले पति सिद्धराजसँग मिलेर लोक सेवा तयारी सम्बन्धि खरिदार, उपसचिव र सह–सचिव स्तरको करिब ४० वटा लोक सेवा तयारी किताब लेखिसकेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार