logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लाेकसेवा आयाेगका स्थगित परीक्षा फागुन ६ गतेबाट


  • राजनीति
  • बिहिबार, माघ २० २०७८

कोरोना भाइरसका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।

लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह ढप्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।

आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।

परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार