logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महाशिवरात्रीको अवसरमा राष्ट्रपतिले गरे पशुपतिनाथको पूजाआराधना


  • राजनीति
  • आइतबार, फाल्गुन ३ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन एवम् पूजा आराधना गरेका छन् ।

महाशिवरात्रीका अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार आपरान्ह्र पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए ।

महाशिवरात्रीको अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्धरा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार