राजनीति
काठमाडौं – आज सुनको मूल्य घटेको छ । सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोला ५९ हजाररुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय ३० रुपैयाँ कायम थियो ।
प्रतिबन्धपछि भारतिय नोट धमाधम फिर्ता लगिदैं
वीरगञ्ज – सरकारले नेपालमा एक सय भन्दा माथिको भारतिय नोटमा लगाएको प्रतिबन्धसँगै भारु भारततर्फ फिर्ता पठाउन थालिएको छ ।
नेपालमा बाँकी रहेको भारु भारततर्फ फिर्ता पठाउन थालिएको बताइएको छ । नेपाल र भारतको सिमा क्षेत्रका व्यापारी र व्यवसायीहरुले ठुलो परिमाणमा भारु राखेको अनुमान गरिएको छ ।
यसैबीच पर्सा प्रहरीले एक भारतीय नागरिकलाई नगद ५ लाख ६२ हजार भारु सहित पक्राउ समेत गरेको थियो । पर्सा प्रहरीले कपडाको थैलीमा ५ सयको ११ सय २४ थान गडिसहित ५ लाख ६२ हजार भारु विरगञ्जबाट रक्सौलतर्फ लाँदै गरेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा बिहार पूर्वीचम्पारणका ओमप्रकाश साह रहेका छन्। प्रहरीका अनुसार नेपालमा बाँकी रहेका भारु भारततर्फ लैजाने क्रम बढेको छ ।