राजनीति
पूर्व राजा ज्ञानेन्द्र शाहलाई पोखरा विमानस्थलमा भब्य स्वागत गरिएको छ । पूर्वरानी कोमल शाहसंगै बुद्ध एयरको विमानबाट उनी साढे १२ बजे पोखरा आईपुगेका हुन् ।
पूर्व राजाका शुभचिन्तकहरुले फूलमाला र पञ्चेबाजाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गरे । पूर्व राजा शाह विमानस्थलदेखि विरौटा चोकसम्म पैदल हिडेर शुभेच्छुकहरुसँग भेटघाट गरेका थिए । उनको कार्यक्रम तालिका भने गोप्य राखिएको छ । श्रोतका अनुसार दुई सातासम्म उनी पोखरामै बस्नेछन् । केही राजनीतिक कर्मीसँग भेटघाट र छलफल पछि नयाँ बर्ष मनाएर उनी काठमाण्डौं फर्कने कार्यक्रम रहेको बताईएको छ ।
उनको भ्रमणको चाँजोपाँजो मिलाउन भिआईपी टोली केही दिनअघि नै पोखरा आईपुगेको थियो । आउजाउ गर्न गाडी समेत काठमाण्डौंबाटै ल्याईएको छ भने उनको सुरक्षाको टोली समेत काठमाण्डौंबाटै आएका हुन् । उनी दोविल्लामा भर्खरै बनेको रिसोर्ट माउटेन ग्लोरीमा बस्नेछन् ।