राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रीपरिषद् विस्तारको तयारी गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपतिको कार्यालयमा पठाइसकेकी र उनीहरुको शपथ ग्रहण आज दिउँसो ३ बजे हुने जनाइएको छ ।
स्रोतका अनुसार भूमी व्यवस्था तथा सहकारी विकास मन्त्रीमा कुमार इङ्नाम, श्रममा राजेन्द्रसिंह भण्डारी, वनमा माधव चम्लागाई र महिला मन्त्रीमा श्रद्धा श्रेष्ठको नाम सिफारिस गरिएको छ ।