logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

स्थायी समितिको वैठकमा अर्को फरक मत राख्ने नेता को हुन?


  • राजनीति
  • मंगलबार, पुष ३ २०७५

अर्का एक नेताले पनि नेकपा स्थायी समितिको दोस्रो दिनको बैठकमा आफ्नो लिखित मत प्रस्तुत गरेका छन्। पूर्व माओवादी पृष्ठभूमिका स्थायी समिति सदस्य हरिबोल गजुरेलले सोमबारको बैठकमा लिखित मत प्रस्तुत गरेका हुन्।

आफ्नो प्रस्तावमा पार्टी एकतापछि पनि माथिदेखि तलसम्म एकातिर पूर्वसमूहभित्रका गुटहरु चलिरहेका नयाँ गुटहरु बनाउने कोसिस भइरहेको दावी गरेका छन्। ‘गुटको खेती फस्टाउदै जाँदा के हुन्छ? पूर्व एमाले र पूर्व माओवादी केन्द्र ‘विचार’को नाममा भएका विभाजनका भुक्तभोगी हुन्’ उनले भनेका छन्, ‘यसर्थ, गुटको अन्त्य अपरिहार्य छ।’ केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) पार्टी एकताका लागि किन तयार भए, त्यसबारे पनि गजुरेलले आफ्नो लिखित प्रस्तावमा उल्लेख गरेका छन्।

‘माओवादी केन्द्रमा ४ हजारको केन्द्रीय समिति हुनुको अन्तरवस्तु विघटन नै थियो, यद्यपि स्थिति सहज थिएन, चौतर्फी घेराबन्दीमा नेतृत्व परेको यथार्थ पनि हो’ गजुरेलको लिखित प्रस्तावमा भनिएको छ, ‘तर पनि विचार, विधि र प्रकृयाको मातहतमा रहेर पार्टी परिचालन नगर्दा यो अराजक स्थितिको सामना गरिरहनुपरेको थियो।’

‘एमालेलाई जनमतले रुपमा बलियो देखाए पनि त्यसभित्र व्याप्त चर्को गुटबन्दी र अराजकताका कारण् ासारमा खोक्रो बनाइरहेको थियो, एकातिर विभाजित कम्युनिस्ट आन्दोलनको फाइदा उठाउँदै निर्वाचनमा हावी हुँदै आएका अन्य पार्टीहरुलाई साइजमा राखेर संविधान कार्यान्वयनको आवश्यकता र अर्कोतिर विघटनको संघारमा पुगेका दुवै पार्टीलाई उक्त दलदलबाट निकाल्नुपर्ने बाध्यता, जसका लागि एकताबाहेक अरु कुनै सकारात्मक विकल्पको सम्भावना थिएन।’ उनले पार्टीभित्र जिम्मेवारी बाँडफाँट र पदपूर्तिका लागि दुई विधिको प्रस्ताव गरेका छन्। कि निर्वाचन, कि त मनोनयनको प्रक्रियाबाट मात्र जाँदा विभिन्न विकृति देखिने बताउँदै उनले यस्तो प्रस्ताव गरेका हुन्।

५० प्रतिशत नम्बर कमिटीको मूल्यांकन र ५० प्रतिशत नम्बर लोकप्रिय मतका आधारमा गरेर जाँदा सही हुने आफ्नो लिखित प्रस्तावमा उनले उल्लेख गरेका छन्। यसका लागि हरेक कमिटीले आफ्नै सदस्यहरु मध्येबाट ६–६ महिनामा मूल्यांकन समिति निर्माण गर्ने र सम्बन्धित पार्टी कमिटीकै बैठकमा मूल्यांकन समितिको सिफारिसको आधारमा तयार पारिएको प्रस्तावमा छलफल भएर पारित गर्नुपर्ने उनको प्रस्ताव छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार