राजनीति
काठमाडौं – अध्यक्ष केपी शर्मा ओली राजधानीमा जारी नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति बैठकमा पार्टी संकटमा परेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी र सरकारमा भूमिका खेल्न नसकेपछि स्थायी समिति सदस्यहरुले चर्को आलोचना गरेका छन् ।
गुटबन्दी गर्न खप्पिस हुने तर काम भने पटक्कै केही नगरेको भन्दै ओलीप्रति सबैजसो सदस्यहरु रुष्ट भएका हुन् ।वामदेव गौतमले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको समर्थन गर्दै अहिलेसम्म बोल्ने १८ मध्ये १६ जनाले ओलीको आलोचना गरेका छन् ।
ओली र अर्का अक्ष्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा राजनीतिक प्रतिवेदन पेश गरेकामा गौतमले त्यसलाई काउन्टर दिँदै छुट्टै प्रतिवेदन ल्याएका थिए ।
सोमबारदेखि उक्त प्रतिवेदनमाथि छलफल भइरहेकामा दुई मुख्यमन्त्रीहरु शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङले मात्र ओलीको कामको समर्थन गरेका थिए । तर भट्टराई भन्छन्, ‘१८ मध्ये प्रायः सबैले वामदेव कमरेडका प्रस्ताव राम्रा भएकाले समर्थन गरेका छन् ।’
बैठकमा आरोप प्रत्यारोप नै
बैठकमा बोल्ने नेताहरु आरोप प्रत्यारोपमै उत्रिएका छन् । उनीहरुले गुटबन्दी बढेको दावीसमेत गरेका छन् ।
यो आरोपले तत्कालीन एमाले र माओवादी नै फुट्ने सम्भावनासमेत देखिएको छ । आरोप लगाउने क्रममा नेताहरुले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे ।
स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रूपमा ३५ बुँदे फरक धारणा राखेका थिए । उनले अध्यक्षको प्रतिवेदनमा समुचित नीति नआएको र संगठनात्मक कार्यक्रम नलेखिएको भन्दै आलोचना गरेका थिए ।