logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाको बैठकमा कसले जप्यो गायत्री मन्त्र ?


  • राजनीति
  • बिहिबार, पुष ५ २०७५

काठमाडौँ– नेकपाको स्थायी कमिटीको पाँचौं दिनको बैठकमा बोल्ने सदस्य किरण गुरुङले गायत्री मन्त्र जपेजस्तो गरेर कम्युनिष्ट पार्टी चल्न नसक्ने बताए।

विहीबार बोलेका चार नम्बर प्रदेशका मन्त्रीसमेत रहेका गुरुङले पार्टी चलाउने विधि र पद्धति ‘गायत्री मन्त्र’ जस्तो कर्मकाण्डी भएको आरोप लगाए ।

‘पार्टी एकीकरण त भयो तर पोलिटब्यूरो गठन भएको छैन, प्रदेश कमिटीमा विवाद छ, यसलाई निश्चित मापदण्डमा रहेर हल गर्नुपर्ने हो, तर त्यस्तो हुन सकेको छैन’ गुरुङले भने,‘ हामी बढी कर्मकाण्डी बनेका छौं,सरकारले राम्रो काम पनि गरिरहेको छ तर जनता समक्ष ति कामको फेहरिस्त पुग्न सकेको छैन ।’

समृद्ध नेपाल निर्माण गर्ने काममा सरकार र पार्टीको एउटै स्वर हुनुपर्ने धारणा गुरुङको छ ।

सचिवालय निरङ्कुश बनिरहेको आरोपलाई गुरुङ स्वीकार गर्दैनन् । ‘यो कुनै कार्यालय मात्र चलाउन बनेको सचिवालय होइन । यो सचिवालयको काँधमा यति ठूलो पार्टी, दुई तिहाईको सरकार र देशलाई समृद्धिको मार्गमा हिँडाउने जिम्मेवारी छ त्यसैले सचिवालयलाई निरङ्कुश बनेको आरोप लगाउन मिल्दैन’ गुरुङ भन्छन्,‘ तर सचिवालय सदस्यहरू एक आपसमा असन्तुष्ट हुने, झगडा गर्ने काम चाहिं गर्नुहुँदैन, हामीले त्यही सुझाव दिएका छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार