logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्मला हत्या प्रकरण : यातनासहितको बयान,प्रहरी जवानले गरे आत्महत्याको प्रयास!


  • राजनीति
  • शुक्रबार, पुष ६ २०७५

धीरु बस्न्यात नेतृत्वको समितिले छानबिनमा तानिएका प्रहरी माथि यातनासहितको बयान लिएको पीडित प्रहरीहरूको भनाइ छ।

आफूहरूलाई तीन महिनादेखि बिनाकारण यातानासहितको बयान लिएको कञ्चनपुरबाट छानबिनका लागि काठमाडौं आएका एक जुनिएर प्रहरी अधिकारी बताए। ‘तीन महिनादेखि हामीलाई छानबिन गर्ने भन्दै प्रहरीको तालिम केन्द्रमा राखिएको छ। प्रतिवेदन प्रधान कार्यालय पुग्दासमेत काममा फर्किने वतावरण छैन। न हामी घटनास्थलमा गयौँ न हामीले हत्या प्रकरणमा कसैको बयान लियौँ हामीलाई अनाहकमा समितिले दु:ख दियो,’ एक जुनियर प्रहरी अधिकारीले भने,’ एक जना प्रहरी जवान त तालिम केन्द्रभित्र आत्महत्याको बाटोसम्म पुगेका थिए पछि कसरी बाँचे।’

अनुसन्धान समितिले छानबिनका लागि काठमाडौं बोलाएका प्रहरीहरू अझै प्रहरीको तालिम केन्द्रमै राखिएको छ। अनुसन्धान गर्न कञ्चनपुरबाट बोलाएका प्रहरी कर्मचारीमाथि आवश्यक अनुसन्धान भइसकेकोले उनीहरूको कसुर बराबरको कारबाहीपछि फर्काउने तयारी भएको प्रहरी प्रधान कार्यलको भनाइ छ।

एसपी डिल्लीराज बिष्टसहित ८ जनाविरुद्ध मुद्दा

निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले कञ्चनपुरका तत्कालीन प्रहरी एसपी डिल्लीराज बिष्टसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।

किशोरी निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न अपराधिको प्रमाण मेटाउने काममा प्रहरी सक्रिय देखिएकोले कारवाहीको माग गर्दै बालिका पन्तकी आमाले बलात्कारपछि भएको हत्या काण्ड घटनाको अनुसन्धानमा खटिएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक बिष्ट, डीएसपी सहित ८ जनाविरुद्ध मंगलवार मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चपुरका प्रहरी उपरीक्षक कुबेर कठायतले मुद्दा दर्ता भएकाले कानून अनुसार नै आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने बताए । फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रहरीले हिरासतमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको अनुसन्धानमा प्रहरीले नै प्रमाण नष्ट गर्ने गरी गम्भीर लापरवाही गरेको भन्दै उजुरी दिएकी हुन् । घटना साउन १० गते घटेपनि प्रहरीले हालसम्म पनि अपराधी पत्ता लगाउन सकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार