logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

दीपक मनाङ्गे आज थुनामुक्त, यस्तो थियो “मनाङ्गेको पक्राउ यात्रा”


  • राजनीति
  • शुक्रबार, पुष ६ २०७५

काठमाडौँ – गुन्डा नाइकेको रुपमा परिचित दीपक मनाङ्गे अहिले कहाँ छन्? अपडेटका लागि सञ्चारमाध्यममा भर पर्नेबाट आउने उत्तर हो- डिल्लीबजार जेलमा।तर उनी अहिले जेलमा छैनन्।

गुण्डा नाइके भनेर चिनिने तथा प्रदेश सभा सदस्य दीपक मनाङ्गे आज  थुनामुक्त भएका छन् । गत वर्षको माघदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका दीपक मनाङ्गे उर्फ राजीव गुरुङ ज्यान मार्ने उद्योगमा कसुरदार ठहर भएका थिए ।

दीपक मनाङ्गे उर्फ राजीव गुरुङको गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि २०६१ सालमा तरबार प्रहार गरी हात छिनाएको थियो ।

आक्रमणमा मनाङ्गे समूहले चक्रेको हात नै छिनाएको थियो । पछि शिक्षण अस्पतालमा चक्रेको हात जोडिएको थियो ।

सर्वोच्च अदालतले गत माघमा पुनरावेदनकै फैसला सदर गर्दै मनाङ्गेलाई ५ वर्षको जेल सजाय हुने ठहर गरेको थियो ।
त्यसपछि मनाङ्गे डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।

यद्यपि उनले सर्वोच्च अदालतमै पुनरावलोकनका लागि निवेदन दिएका थिए । मुलुकी ऐनको नयाँ व्यवस्थाले १० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेरै मुद्दा लड्न पाउने व्यवस्था गरेकाले सर्वोच्चले मनाङ्गेलाई थुना बाहिरबाटै मुद्दा लड्न पाउने गरी थुनामुक्त गर्ने आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि कारागार प्रशासनले मनाङ्गेलाई शुक्रबार थुनामुक्त गरेको हो ।

मनाङ्गेको पक्राउ यात्रा

काठमाडौंमा हुने झगडामा मनाङ्गेको नाम जोडिई नै रहे पनि उनको पक्राउ यात्रा २०५९ भदौ १७ बाट सुरु हुन्छ। महानगरीय प्रहरी अपराध महाशाखामा रहेको रेकर्डअनुसार पहिलो पटक उनी लोचनप्रसाद विमलीको १ लाख २८ हजार रुपैंया लुुटेको आरोपमा पक्राउ परेका थिए। त्यो अभियोग अदालतसम्म पुगेपछि धरौटीमा मुक्त भए।

धरौटीमा मुक्त भएको १५ महिनापछि २०६० पुस ९ मा होटल हायातमा नगेन्द्र श्रेष्ठलाई खुकुरी हानेको केसमा उनी पुन पक्राउ परे। उनीमाथि सार्वजनिक अपराधको मुद्दा लागे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार धरौटीमा छुटे।

छुटेको तीन महिनापछि चैत १४ गते पुन: कुटपिट गरेको आरोपमा पक्राउ परे र सार्वजनिक अपराधको मुद्दामा धरौटीमा छुटे।

२०६१ बैसाख ३१ मा महाराजगन्जमा अर्का गुन्डा नाइके चक्रे मिलनलाई तरबारले हानेर बायाँ हात छिनाएको घटनामा उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भयो। २०६१ चैत १८ मा उनी पक्राउ परे।

यसमा भने उनी धरौटीमा मुक्त हुन सकेनन् र पुर्पक्षका लागि थुनामा गए। उनी २०६३ माघ ९ मा कारागारमुक्त भए।

कारागारमुक्त भएको एक महिनामै उनी अर्का गुन्डा नाइके काजी शेर्पालाई गोली हानेको घटनामा मुछिए र २०६४ असोज १७ मा अदालतमा हाजिर भए। अदालतले २५ हजार रुपैंया धरौटी माग्यो। उनी नबुझाई डिल्लीबजार कारागार गए।

अभिशेक विक्रम शाहलाई कुटेको केसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई १ वर्ष कैद सजाय सुनायो। २०६५ साउन २४ मा उनी पक्राउ परे। ‘म दीपक मनाङ्गे होइन राजीव गुरुङ हुँ’ भन्दै कारागारमुक्त भएका उनी पुन ६ महिनापछि समातिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार