logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते


  • राजनीति
  • शनिबार, पुष ७ २०७५

असईकाे पेस्ताेल पड्किँदा ललितपुरको लाकुरीभञ्ज्याङस्थित प्रहरी प्रभागभित्र प्रहरी जवान गम्भीर घाइते भएका छन्।

उक्त प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक(असई) रमेश तामाङले बोक्ने गरेको पेस्तोलको गोली लागेर प्रहरी जवान रोशन श्रेष्ठ गम्भीर घाइते भएका हुन्।

शुक्रबार राति ९ बजे सँगै बसिरहेका बेला आफ्नो पेस्तोल अनलोड गर्ने क्रममा अचानक पेस्तोल पड्केर श्रेष्ठलाई गोली लागेको असई तामाङले बताएका छन्।

श्रेष्ठको बायाँ गालामा लागेको गोली दायाँ गालाबाट निस्केको छ। उनको अवस्था गम्भीर छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रारम्भिक उपचारपछि घाइते श्रेष्ठलाई नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको छ।

घटनापछि असई तामाङलाई महानगरीय प्रहरी परिसरको नियन्त्रणमा राखिएको छ।

घटना अनुसन्धानका लागि ललितपुर महानगरीय प्रहरी वृत्तका डिएसपी गौतम मिश्रको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार