logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मर्दीखोलामा मोटरेवल पक्की पुलको खेलकूदमन्त्री विश्वकर्मा द्दारा शिलान्यास


  • राजनीति
  • आइतबार, पुष ८ २०७५

कास्की-युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एक कार्यक्रमका बीच कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दीखोलामा मोटरेवल पक्की पुलको शिलान्यास  गरेका छन ।

सङ्घीय सरकारकोे रु पाँच करोड चार लाख २४ हजार १७३ लागतमा निर्माण गर्न लागिएको सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटर हुने बताइएको छ ।

पुलको शिलान्यास गर्नुहुँदै विश्वकर्माले सङ्घ, प्रदेश तथा स्थानीय तहको निर्वाचनको क्रममा जनतासँग व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन आरम्भ भएको बताउनुभयो ।

पुल निर्माणको लागि गत साउन २ गते मित्रसञ्जीवनी निर्माण सेवासँग ठेक्का सम्झौता भएको सो पुल २०७६ फागुन ३० गतेभित्र तयार गरिसक्ने सम्झौतामा उल्लेख छ । पुल नहुँदा वर्षायाममा वडाका कुईबाङ, सैँतीखोला, इयुँ, तक्रो, सिदीङ, प्रम्धु तथा घलेलका बासिन्दा यातायातको सम्पर्कबाट विमुख हुने गरेको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताउनुभयो ।

पुल तोकिएकै मितिमा सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले वडाध्यक्ष क्षेत्रीको संयोजकत्वमा वडाका सबै जनप्रतिनिधि सदस्य रहेको अुनगमन समिति निर्माण गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार