logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

तनहुँमा बिप्लवको सरकारले गर्यो भु माफियाको जग्गा कव्जा


  • राजनीति
  • सोमबार, पुष ९ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको समानन्तर तनहुँ जिल्ला जनसरकारले तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नम्बर १ डुम्रे निवासी ऋषि अधिकारीको जग्गामा पार्टीको झण्डा गाडेर जग्गा कब्जा भएको घोषणा गरेको नेकपा तनहुँले जनाएको छ ।

तनहुँ जिल्ला जनसरकारले स्थानीय प्रशासनको आड र राजनीतिक संरक्षणमा सार्वजनिक जग्गा मिचेको भन्दै सरकारी निकायमा ठेक्कापट्टाको काम गर्ने अधिकारीको जग्गा कब्जा गरेको पार्टी जिल्ला सेक्रेटरी सुजनले जानकारी दिएका छन ।
जिल्ला सेक्रेटरी सुजनका अनुसार, ऋषि अधिकारीले आफ्नो जग्गाभन्दा बढी सार्वजनिक जग्गा कब्जा गरेका छन् भने जग्गाको दुबैतिरको खोलाको मापदण्ड समेत मिचेको बताइएको छ । केहि महिना अगाडी नेकपा तनहुँको जिम्मेवारीमा सुजन आए पछि गतिबिधीले तिब्रता पाएको बुझिएको छ

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार